रोनाल्डोले रियल मड्रिडका अध्यक्षलाई गरेको टेलिफोनको प्रभाव

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो परेजले एक हप्ताअघि अप्रत्यासित फोन उठाए । फोन गरेका थिए क्रिष्टियानो रोनाल्डोले । कोरोना भाइरसका कारण इटालियन सिरी ए मा युभेन्टससहितका टिमको खेल स्थगित भएको थियो ।

रोनाल्डोले सो समय सदुपयोग गर्न चाहे, उनले रियल मड्रिडका अध्यक्ष पेरेजलाई टेलिफोन गरे । रोनाल्डो आफ्नो पुरानो क्लब रियल मड्रिडले बार्सिलोनासँग खेलेको हेर्न चाहन्थे ।

घरेलु मैदानमा हुँदै गरेको एल क्लासिकोमा दर्शकका रुपमा आउन पेरेजले रोनाल्डोलाई निम्ता दिए । रोनाल्डो गए र रियल मड्रिड विजयी पनि भयो । रोनाल्डो र रियल मड्रिडले पुरानो मित्रतालाई पुनः ताजा बनाए ।

फाल्गुन २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्