जोसे मोरिन्होको टिमलाई फेरि धक्का

जोसे मोरिन्होको टिम टोटनह्यामले पछिल्ला खेलमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्याम बर्नलीसँग बराबरीमा रोकिएको छ ।

अवे मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल खाएको टोटनह्यामले दोस्रो हाफमा एक गोल फर्काएको हो । १३ औँ मिनेटमा क्रिस वूडले बर्नलीका लागि गोल गरेका हुन् ।

५० औँ मिनेटमा डेल अलीले पेनाल्टी मार्फत टोटनह्यामका लागि बराबरी गोल फर्काएका हुन् । बराबरीपछि २९ खेलबाट ४१ अंक बनाएको टोटनह्याम आठौँ स्थानमा झरेको छ ।

शनिबार राति नै भएको खेलमा वेष्टह्यामलाई १–० ले पराजित गरेको आर्सनल २८ खेलबाट ४० अंकसहित नवौँ स्थानमा उक्लिएको छ ।

शनिबार राति नै भएका अरु खेलमा क्रिष्टल प्यालेसले वाट्फोर्ड, शेफिल्ड युनाइटेडले नर्विच तथा न्यूक्यासलले साउथह्याम्पटनलाई समान १–० ले पराजित गरेका छन् । यस्तै वुल्भ्सले ब्राइटनले गोलरहित बराबरी खेलेका छन् ।

फाल्गुन २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्