कोरोना भाइरसबारेका १२ भ्रम र यथार्थहरु

कोरोना भाइरसको आतंकले अहिले विश्‍वभरमा मानिसहरुको ध्‍यान तानेको छ। नेपाललगायत छिमेकी चीन र भारतलगायत अन्‍य ९३ देशमा यसले आफ्नो कब्जा जमाउँदै गएको छ। योसँगै गलत अफवाहहरु समेत फैलिएको छ। जोन्स हप्किन्स् अस्पतालकी वरिष्ठ निर्देशक लिसा मारा गाकिस्‌ले  कोरोना भाइरसको बारेमा भ्रम र यथार्थबारे प्रस्ट पारेकी छन्।

भ्रम: कोरोनाको भ्याक्सिन उपलब्ध छ।

यथार्थ:  नोबेल कोरोना भाइरसको लागि अहिले कुनै भ्याक्सिन आएको छैन। वैज्ञानिकहरुले यस सम्बन्धमा काम गरिरहेका छन्। तर  मानिसको लागि सुरक्षित भ्याक्सिन आउन भने केही समय लाग्छ।

भ्रम: मौसमको तापक्रम धेरै भएमा कोरोना भाइरस नष्ट हुन्छ ।

यथार्थ: यस्तो हुने अहिलेसम्‍म कुनै पनि प्रमाण भेटिएको छैन। गर्मी बढेपछि भाइरस केही समयको लागि निष्क्रिय हुन सक्छ तर नष्ट भने हुन सक्दैन।

भ्रम: केही मानिसहरु नुनपानी,  एसेटिक एसिड, इथानेलबाट कोरोना भाइरसको संक्रमण रोक्न सकिन्छ भन्छन्।

यथार्थ: यी सबै कुराहरुले कोरोना भाइरसबाट बचाउँदैन। तातोपानी प्रयोग गर्नुस्। साबुनपानीबाट हातमुख धुनुस्। साथीभाइ वा परिवारको नजिकमा बस्‍न र नखोक्नुस्। यसका साथै आफू पनि रुघा वा खोकी लागेमा अरुको नजिकमा नजानुस्। घरमै बस्नुस्।

भ्रम:  नयाँ  कोरोना भाइरस मानिसले ल्‍याउने वा निकाल्‍ने हो।

यथार्थ: भाइरस समयानुसार आउन सक्छ। खासमा भाइरस मानिसहरु जब जनावरहरु सुंगुर, चमेरा र चराहरुको संसर्गमा जान्छन्/काँच्चै खान्छन् तब कोरोना भाइरसले प्रवेश पाउँछ।

भ्रम:  चीनबाट कुनै सामान किनेमा वा अर्डर गरेमा त्यहाँबाट आउने वस्तुबाट कोरोना सर्छ।

यथार्थ: अनुसन्धानकर्ताहरुले कोरोना मानिसमा कसरी सर्छ भनेर खोज अनुसन्धान गरिरहेका छन्। तर वैज्ञानिकहरुका अनुसार प्राय: भाइरस धेरै लामो समयसम्म सतहमा बस्‍न सक्दैनन्। त्यसकारण कतैबाट प्याकिङ भएर आउने सामानमा कोरोना भाइरस पाउन सकिँदैन।

भ्रम: मुखमा लगाउने मास्कले कोरोना भाइरस छेक्छ।

यथार्थ: केही व्‍यावसायिक र कस्सिएको फिटिङ (जस्तै एन९५) ले केही हदसम्‍म गर्न सक्छन्। तर  सर्वसाधारणको लागि सस्तो  मास्क, डिस्पोजल मास्कचाहिँ प्रयोगको लागि हुँदैन।  किनकी तिनीहरु फिटिङ हुँदैनन्। ती मास्कहरुले भाइरसहरु नाक, मुखबाट सार्न सक्छ।

भ्रम: रक्सी खाएमा कोरोना भाइरसले आक्रमण गर्न सक्दैन।

यथार्थ: तपाईँको शरीरमा पहिलादेखि नै प्रवेश गरिसकेका कोरोना भाइरस रक्सी वा अन्य मादक पदार्थले नष्ट गर्न सक्दैन।  यसले झन मानिसको शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ।

भ्रम: जनावरलाई छोएमा पनि कोरोना सर्छ।

यथार्थ: तर अहिलेसम्‍म यो कुराको पनि खासै प्रमाण जुट्न सकेको छैन। आफ्नो वरिपरि भने सफा राख्‍नु एकदमै जरुरी छ। जनावरको मासु काँचो खाएमा सर्न सक्छ।

भ्रम: निमोनिया वा हायनोफिलस् इन्फ्लुएन्जा लगायत रोगको लागि बनाइएको भ्याक्सिन मद्दत गर्छ।

यथार्थ: यो कोरोना एकदम नयाँ भाइरस हो। यसको लागि भ्याक्सिन बनेकै छैन।

भ्रम: प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम)लाई बलियो बनाउने औषधिले कोरोना निको हुन्छ।

यथार्थ: एलोपेथिक र होमोपेथिक औषधिले प्रतिरक्षा प्रणाली बलियो बनाउन सक्छ। तर कोरोना भाइरसबाट बचाउन भने सक्दैन।

भ्रम: कोरोना भाइरसपछि एन५३ मास्क धेरै नै बिक्री हुन थाल्यो।

यथार्थ: संक्रमित व्‍यक्तिलाई मास्क लगाउन सल्लाह दिनु राम्रो हो। तर  यस्तो मास्कले कुनै काम गर्न सक्दैन।

भ्रम: कोरोना भाइरस एन्टी बायोटिकबाट ठीक हुन्छ।

यथार्थ:  यदि अस्पतालमा पनि यही औषधि दिइरहेको छ भने यो ब्‍याक्टेरियल को-इन्फेक्शन मात्र गर्ने हो। निको भने हुँदैन। यसको औषधि बन्न कम्तिमा वर्ष दिन लाग्न सक्छ।

फाल्गुन २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्