काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष होलीमा काठमाडौँ सुनसान देखिएको छ । अघिल्लो वर्षहरुमा जस्तो सडकमा होली खेल्दै रमाइरहेकाहरु देखिएका छैनन् ।

होलीमा उल्लास छाउने काठमाडौँको बसन्तपुरमा पनि यस वर्ष कुनै रौनक छैन । विभिन्न ठाउँमा आयोजना हुने होली विशेष सांगीतिक कार्यक्रमहरु पनि यसवर्ष आयोजना भएका छैनन् ।

केही ठाउँमा होली खेलिरहेका युवाहरुले पनि मास्कको प्रयोग गरेका छन् ।

देश सञ्चारका सुलभ श्रेष्ठले कैद गरेका केही तस्बिरहरु: