आजको मौसमः मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ – देशको पूर्वी र मध्य पहाडी भूभागमा मंगलबारको मौसममा आंशिक बदली रही अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अपरान्हपछि पूर्वि तथा मध्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मंगलबार राति पनि देशभर आंशिक देखि सामान्य बदली रही पहाडि भूभागका थोरै स्थानहरुमा मेघगर्जन । चट्याङसहित वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

फाल्गुन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू