ओपो एफ–१५ स्मार्टफोन नेपालमा सार्वजनिक गरिने

काठमाडौँ-ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपोएफ १५ स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ।

मंगलबार कम्पनीले आफ्ना सामाजिक सञ्जालका पेज पोष्ट मार्फत नयाँ उत्पादन सार्वजनिक हुने तयारीमा रहेको जानकारी दिएको हो।

ओपोका ब्राण्डफ्रेन्ड नायिका स्वस्तिमा खड्का, शिल्पा मास्के, अनुप विक्रम शाही, नाजिर हुसेन तथा सुपर मोडल सबिता कार्की र मिस नेपाल २०१९ अनुश्का श्रेष्ठ रहेको कम्पनीले जनाएको छ।

यस्तै कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ १५ मार्फत थप अगाडी लैजाने तयारी गरेको छ। फोनमा दिइएको स्लिक र फेशनेवल डिजाइनका कारण ओपो एफ १५ ले एफ सिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने कम्पनीले विश्वास लिइएको छ।

ओपो एफ १५ले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफसिरिज अन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ।

कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने तत्कालआधिकारिक जानकारी दिएको छैन।

फाल्गुन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू