मेघगर्जन र चट्याङसहित वर्षाको संभावना, कहाँ कहाँ?

काठमाडौँ – देशभरको मौसममा बुधबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी तथा मध्य भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको मौसमविदले बतताएका छन् ।

देशभर बुधबार राति पनि आंशिकदखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

फाल्गुन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्