त्रिवि शिक्षण अस्पतालका निर्देशक डा.प्रेम खड्गासँगको भिडियो अन्तर्वार्ता

‘प्रधानमन्त्रीको उपचारका बेला सुरक्षा पनि चुनौती बन्यो’

डा. प्रेमकृष्ण खड्गा।

काठमाडौँ– प्रधामन्त्री केपी शर्मा ओलीलाई कहिले डिस्चार्ज गर्ने भन्ने प्रश्नको घेरामा यतिबेला त्रिवि शिक्षण अस्पतालका चिकित्सक परेका छन्।

दोस्रोपटक मिर्गाैला प्रत्यारोपणपछि ओलीले स्वास्थ्य लाभ लिइरहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले दाबी गरिरहेका छन्।

प्रधानमन्त्री ओलीको समग्र उपचार ब्यवस्थापन आफैँमा चुनौतीपूर्ण भए पनि त्यसलाई पार गर्न सफल भएको अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताएका छन्।

उनले सम्भवत: पहिलोपटक सरकार प्रमुखको यस्तो प्रकृतिको उपचार भएको र त्यसको व्यवस्थापनमा आफू सक्षम भएको बताएका हुन्।

प्रधानमन्त्री ओलीको भित्र उपचारका उपचार भइरहँदा बाहिर सुरक्षा ब्यवस्थापन सबैभन्दा ठूलो चुनौतीका रुपमा देखा परेको र त्यस काममा आफूहरु सक्षम भएको डा.खड्गाको दाबी छ।

खड्गासँग ओलीको उपचार प्रक्रिया, डिस्चार्ज र त्यसको ब्यवस्थापन लगायत पक्षमा गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

फाल्गुन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्