मौसमः आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको संभावना

काठमाडौँ – देशका मध्य र पश्चिमी भूभागमा बिहीबारको मौसममा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ ।

पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

बिहीबार राति पनि देशका पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने र पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको महाशाखाले जनाएको छ।

फाल्गुन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू