टम ह्याङ्क्स र उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण

अभिनेता टम ह्याङ्क्स र उनकी श्रीमती रीता विल्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरुलाई कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन् ।

टम ह्याङ्क्स हाल एल्भिस प्रेस्लेको जीवनीमा आधारित चलचित्रको काममा व्यस्त छन् ।

‘नमस्कार, रीता र म यहाँ अष्ट्रेलियामा छौँ, हामीले केही थकित महसुस गर्‍यौँ, हामीलाई चिसो लागेको थियो र शरीर दुखेको थियो । अलिअलि ज्वरो पनि आएको थियो । त्यसपछि हामीले कोरोना भाइरसको परीक्षण गर्‍यौँ र दुवैजनालाई यसको संक्रमण भएको थाहा भयो’, ह्याङ्क्सले भनेका छन् ।

उनले आफूहरुले पूर्ण रुपमा स्वास्थ्य लाभ नभएसम्म उपचार र स्वास्थ्यको ख्याल पृथक ढंगले गर्ने पनि बताएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालबाटै जानकारी दिने पनि बताएका छन् ।

फाल्गुन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्