नेताहरुले अहिलेसम्म हामीलाई झुक्याए

रमेश खरेल र देवेन्द्र प्रसाद सिटौला। तस्बिर: देशसञ्चार

हामीले संविधान पायौँ। संविधानका हामीले भन्ने गरेका पिलरहरुमध्येका गुड गभर्नेन्स, सोसिल जस्टिस, इन्क्लुसिभिटीलगायत ‘मेन पिलरहरु’ संविधानमा राखियो। के संविधानमा भएका सबै यी कुराहरु लागू भएका छन्? अनि सबैलाई समान हिसाबले लागू भएको छ?  यसलाई हामी विश्लेषण गर्‍यौँ। हामीले के पायौँ भने २००७ सालदेखिको विश्लेषण गर्दा देशमा परिवर्तनहरु भए, नयाँ नयाँ कानुनहरु आए। संविधान आयो। तर त्यसलाई ‘ओपन्ली अप्लाई’ गर्ने व्यक्तित्वहरु पाएनौँ। त्यसबाट सम्पूर्ण ३ करोड जनता प्रताडित भयौँ। हामीले हेर्‍यौँ/देख्यौँ, विभिन्न काण्डै काण्डहरु।

पछिल्लो समयका ललिता जग्गा प्रकरण, वाइडवडी प्रकरण, ३३ केजी सुन, फोर जी सेक्युरिटी प्रिन्टिङ प्रेस, एनसेल काण्ड विभिन्न काण्डैकाण्ड हेर्‍यौँ। हामीले के द‍ेख्यौँ भने यो देशमा जो-जसले रुल गरिरहेका छन्, जसले नेपाली जनतालाई ‘म तपाईहरुको सेवा गर्छु न्याय दिन्छु। सुशासन दिन्छु’ भन्ने पोलटिकल लिडर, पुलिसका अफिसर, ज्युडिसिअरीका लिडर सबैले धोका दिए। हामीलाई झुक्याए। हामीले सोचेअनुसारको ‘जस्टिस’ पाएनौँ। सर्भिस डेलिभरी राम्रो भएन। भ्रष्टाचार संस्थागत भयो। पारदर्शिता भएन। जनताको पार्टिसिपेसन भएन। जनतामा ‘कन्सेन्सस ओरिन्टेसन’ भएन। अनि बाध्य भएर हामीहरु बुझेका, विभिन्न क्षेत्रमा आफ्नो अनुभव  भएका, सेवा गरेका ‘टेस्टेड’ मान्छेहरुबीच छलफल भयो।

‘यसरी त भएन। यसरी त हामी कहिल्यै पनि उँभो लाग्दैनौँ। यसले त अपराध र अपराधी मात्र जन्माउने भयो। गरिब र धनीको खाडल बढाउने भयो। नेपालका जनताहरु विदेशिने भए’ भन्ने लाग्यो।  अब यो सह्य हुने छैन भन्ने निष्कर्शमा पुगियो।

‘अब हामीले चुनावको बेला भोट माग्दा जुन कसम खाएका छौँ, ब्युरोक्र्याट्स, पुलिस, ज्युडिसियरी, पोलिटिसियनहरुले सपथ खाँदा जुन कसम खाएका छौँ, त्योअनुसार जनतालाई सर्भिस डेलिभरी दिनुपर्छ। नत्र सँधै ढाटेको ढाँट्यै हुन्छ। यसमा आवाज उठाउनु पर्छ’ भनेर हामीले छलफल गर्‍यौँ। यदि देशमा सुशासन नभएको भए, देशमा भष्ट्रचार ‘इन्स्टिच्युसनलाइज्ड’ नभएको भए, नातावाद/ कृपावाद नभएको भए, भागबण्डा र शोषण नभएको भए हामी यो अभियान लिएर आउनुपर्ने अवस्था हुन्न थियो।

अति भयो यो, तीन करोड जनताले अफोर्ड गर्न सक्दैनन् भन्ने भएपछि तपाईँहरुलाई ‘अवेयर’अवेर गर्नका लागि, तपाईहरुको विवेक बन्द नगर्नुस् है भन्नका लागि हामी आएका हौँ। आउनुस् तीन करोड नेपाली हातेमालो गरौँ। नेपाल, नेपाली र मातृभूमिका लागि आआफ्नो क्षेत्रबाट कसम खाएर तीन करोड नेपालीलाई शीरमा राखेर काम गरौँ। देशको सीमाहरु मिचिएको छ। कोही बोल्दैनन्। बोलेजस्तो गर्छन् तर कन्टिन्युटी छैन। हामीलाई विदेशमा जाँदा विदेशीले हेर्ने दृष्टिकोण अर्कै छ। ‘यस म्यान’ र ‘यस वुमन’को मात्र यहाँ खोजतलास हुन्छ। यस्ता मान्छेबाट हामीले के आशा र अपेक्षा गर्ने?

हामी भन्छौँ जो -जो मान्छेहरु अहिले पोजिसनमा हुनुहुन्छ तपाईँहरु सुध्ननुस्। हामीलाई थाहा छ मेजोरिटी तपाईहरु एडिक्टेड हुनुहुन्छ। तपाईहरुलाई भष्ट्रचार नगरिकन निन्द्रा लाग्दैन। त्यो हामीलाई थाहा छ। तपाईहरुमा हेल्दी एडिच्युड हैन, सिक एडिच्युड छ। त्यो हामीलाई थाहा छ। तर तपाईहरुलाई हामी भन्न चाहन्छौ तपाईहरु सुध्रनुस्। नत्र भने ७७ वटै जिल्लाका, विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु शान्तीपुर्ण ढंगबाट सडकमा उत्रने छन्। तपाईहरुलाई औँला ठड्याउने छन् र तपाईहरुका कुकृत्यहरुलाई विश्वसामु राख्नेछन्।

तपाईहरुलाई म मेरो सम्पुर्ण टिमको तर्फबाट  भन्छु जो जो -यो टिमलाई प्रत्यक्ष वा अप्रत्यक्ष जोडिन चाहनु हुन्छ, सुरुमा तपाई हामी सुध्रनुस पर्छ। अनिमात्र अरुलाई सुध्रनुस भन्न सकिन्छ। कसैलाई लोभ छ, आशा छ, स्वार्थ छ भने तपाईहरु यो अभियानमा नआउनुस्। तीन करोड नेपालीलाई म केही गर्छु भनेर छातीमा हात राखेर कसम खानु हुन्छ भने आउनुस्, हातेमालो गरौँ। यो देशलाई ‘ट्रान्सफर्म’ गरौँ। पोलिटिकल ट्रान्सफर्म,  सोसियल ट्रान्सफर्म, इकोनोमी ट्रान्सफम गरौँ। हामी गर्न सक्छौ।   पावरमा  भएकाहरुको जिउ हेर्छु अनि कम्पेयर गर्छु, तपाई र नर्थ कोरियाको किम जोन उनमा केही फरक छैन। तीन करोड नेपाली जनताको सामुन्ने यो रोस्टमबाट नेपाल आमालाई सम्झेर २९ वर्ष प्रहरी जवानको हैसियतले काम गरेँ,तपाईहरुले जति मौका दिनुहुन्छ यो देशको सेवाका लागि नेपाल आमालाई सम्झेर इन्ट्रिगिटी र विल पावरका साथ उपस्थित हुने छौँ भन्न चाहन्छु।

(हाम्रो नेपाल सुशासन अभियान आरम्भमा मन्तव्य दिँदै अभियानका संयोजक तथा पूर्व नायब महानिरिक्षक-डीआईजी रमेश खरेल।)

फाल्गुन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्