चर्चित कार्टुनिस्ट अविनका कार्टुनहरु किताबमा

काठमाडौँ – चर्चित कार्टुनिस्ट अविन श्रेष्ठले बनाएका कार्टुनहरुको संग्रह ‘कार्टुन सङ्ग्रह भाग- २’  बजारमा आएको छ।

बिहीबार उक्त संग्रहको लोकार्पण भयो। अविनले आफुले कार्टुन बनाउन थालेको २५ वर्ष पुगेको अवसरमा  ती सृजनालाई संग्रह गरेर पुस्तकका रुपमा ल्याएका हुन्।

उनले आफ्नो पुस्तकको लोकार्पण गर्न आफूले विभिन्न समयमा काम गरेका सम्पादकहरुलाई बोलाएका थिए।

सम्पादकहरु युवराज घिमिरे, सुधीर शर्मा, जिवेन्द्र सिम्खडा, किशोर नेपाल, नारायण वाग्ले र अखिलेश उपाध्यायले संयुक्तरुपमा संग्रहको लोकार्पण गरेका हुन्। अविनका अनुसारले उनले आफ्नो पछिल्लो पुस्तकमा  २०६२–६३ को जनआन्दोलनपछि सृजना गरेका कार्टुनहरु समेटेका छन्।

 

फाल्गुन ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्