साहित्यकार तथा प्राध्यापक डिपी भण्डारी रहेनन्

डिपी भण्डारी।

काठमाडौँ- वरिष्ठ साहित्यकार प्रा. डा. डिपी भण्डारीको शनिबार निधन भएको छ।

भण्डारीको शनिबार दिउँसो साढे ११ बजे काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

उनलाई १० दिनअघि अस्पताल भर्ना गरिएको थियो। उनी श्वासप्रश्वाससम्बन्धी समस्याले पीडित थिए।

अंग्रेजी साहित्यका प्राध्यापक तथा निबन्ध लेखकका रुपमा ख्याति कमाएका ८५ वर्षीय भण्डारीले त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागमा लामो समयमा प्राध्यापन गरेका थिए।

उनको शनिबार नै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

 

चैत १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्