टोकियो ओलम्पिकलाई कोरोना भाइरसले प्रभावित गर्दैन, तोकिएकै समयमा हुन्छ : आबे

जापानका प्रधानमन्त्री शिन्जु आबेले टोकियो ओलम्पिक गेम्स तोकिएकै समयमा हुने बताएका छन्।

आउँदो जुलाईमा जापानको टोकियोमा हुने तय भएको ओलम्पिक गेम्स हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण स्थगित हुने चर्चा भइरहेका बेला आबेले यस्तो बताएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण फुटबलसहितका विभिन्न खेलकुद गतिविधि हाल प्रभावित भएका छन्।

तोकिएकै समयमा ओलम्पिक हुने बताएका जापानी प्रधानमन्त्री आबेले अन्तिम निर्णय गर्ने अधिकार भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) सँग रहेको बताए ।

हाल फैलिएको संक्रमणबाट चाँडै मुक्ति मिल्ने र योजना अनुसार नै खेल हुने उनको भनाई छ । जापानमा हालसम्म १४ सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै २८ जनाको मृत्यु भएको छ ।

चैत २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्