देशभरको मौसम दिनभर कस्तो रहला?

काठमाडौँ – पश्चिमी वायुको प्रभाव सामान्य रहेकाले देशका विभिन्न क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

अहिले देशको पश्चिमी भू–भागमा सामान्य बदली रही देशको मध्य र पूर्वी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो देशका पश्चिमी भू–भागमा सामान्य बदली रही बाँँकी भू–भागमा आंशिक बदली रहने छ।

पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाइएको छ।

चैत्र २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्