मुख्यमन्त्रीले कोरोना स्वास्थ्य सहायता कक्षको अनुगमन गरे

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड –१९) को स्वास्थ्य सहायता कक्षको अनुगमन गरेका छन्।

कर्णाली प्रदेश र पाँच नं प्रदेशको सिमानामा रहेको बबई सहायता कक्षमा शाहीले शनिबार अनुगमन गरेका हुन्।

पाँच जना स्वास्थ्यकर्मी रहेको उक्त स्वास्थ्य सहायता कक्षमा दैनिक तिनहजार भन्दा बढिको स्वास्थ्य जाँच हुने गरेको सहायता कक्षमा खटियका सिनियर अहेव रामप्रसाद भण्डारीले बताए।

उनका अनुसार दैनिक तिनसय भन्दा बढि सवारी साधान आवातजावत गर्ने भएपनि सहायता कक्षमा भने जनशक्तिको अभाव रहेको छ। उनले बिहान ६ बजेदेखि साँझ छ बजेसम्म यात्रुको चेकजाँचमा खटिने गरेको जानकारी दिए।

स्वास्थ्य सहायता कक्षमा गाडी पार्कीङ, शौचालय, खानेपानीको व्यवस्था समेत नभएको उनले अनुगमनका क्रममा बताए।

यात्रुको ज्वरो नाप्ने, प्रभावित क्षेत्रबाट आएकालाई परामर्श गर्ने र कोरोनाको जोखिमविरुद्ध जनचेतना गराउने गरेको भन्दै उनले जनशक्ति अभाबका कारण समस्या भएको बताए।उक्त सहायता कक्षमा भने रातीको समयमा चेकजाँच नहुने उनले बताए।

अनुगमनका क्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उक्त स्वास्थ्य सहायता कक्षलाई व्यवस्थित गराउन निर्देशन दिएका छन्।

उनले यात्रुको चापालाई ध्यानमा राखी बबईनदिको वारीपारी नै स्वास्थ्य सहायताकक्षा राख्नुपर्ने भन्दै सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशलाई निर्देशन दिए।

अनुगमनमा सामाजिक विकास मन्त्री दल रावल र स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रीता भण्डारी लगायतको टोलि गयको थियो।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले अबको पाँचदिन भित्रमा उक्त स्वास्थ्य सहायता कक्षलाई (हेल्थ डेक्स) आवश्यध पुर्वाधार र जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।

चैत २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्