रोनाल्डोलाई ३९ वर्षको हुँदासम्म क्लबमा राख्न चाहन्छ युभेन्टस

क्रिष्टियानो रोनाल्डोको प्रदर्शनबाट प्रभावित भएको इटालियन सिरी ए फुटबल क्लब युभेन्टस उनलाई लामो समय आफ्नो क्लबमा राख्ने मनासायमा रहेको छ ।

युभेन्टस रोनाल्डोले क्लबसँग नयाँ सम्झौता गरुन् भन्ने चाहना रहेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । रोनाल्डो ३९ वर्षको हुँदासम्म क्लबमै रहुन् भन्ने चाहनामा युभेन्टस रहेको र त्यसका लागि नयाँ सम्झौताको तयारी भएको उल्लेख गरिएको छ ।

युभेन्टससँगको रोनाल्डोको हालको सम्झौता सन् २०२२ मा समाप्त हुन्छ र त्यो बेला उनी ३७ वर्षका हुने छन् । तर इटालियन च्याम्पियन उनले थप दुई वर्षको सम्झौता गरुन् भन्ने चाहन्छ ।

रोनाल्डोले यो सिजन सिरी ए फुटबलका २२ खेलमा २१ गोल गरिसकेका छन् । रोनाल्डो पनि क्लबसँग नयाँ सम्झौता गर्ने पक्षमा रहेको बताइएको छ ।

चैत ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्