ओपोद्वारा नेपालमा ओपो एफ१५ सार्वजनिक, अल्ट्रा-स्लिक प्याकेजमा प्रो फोटोग्राफी गर्न मिल्‍ने

काठमाडौं-ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओपो एफ१५ सार्वजनिक गरेको छ। कम्पनीले नेपालमा पहिलो पटक आयोजित ओपोको अनलाइन लञ्च ईभेन्ट मार्फत फोन सार्वजनिक गरेको हो।

४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन सहितको ओपो एफ१५ले ह्याण्डसेट मार्फत नै प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गर्छ।

एफ सिरिजको डिजाइन नै यूवा पूस्तालाई सुदृढ दृश्यानुभुति, गुणस्तर, ट्रेण्डिनेस र जीवनमा सहजताको अनुभव प्रदान गर्न गरिएको हो । यसले गर्दा सुरुवाती दिनदेखि नै एफ सिरिजले निकै मायाँ पाउन सफल रहेको छ।

ओपो एफ१५को आगमनले बजारको आवश्यकता दृष्टिगत गर्दै ट्रेण्डि डिजाइनमै अत्याधुनिक प्राविधिक विकास पस्कने एफ सिरिजको परम्परालाई निरन्तरता दिँदै नयाँ यूगको सुरुवात भएको छ।

“ओपो एफ१५ले विभिन्न नवप्रबर्तन र ट्रेण्डि प्रविधिहरुको समायोजन मार्फत आफ्नो ह्याण्डसेटकै माध्यमबाट धेरैभन्दा धेरै काम गर्न सकियोस् भन्ने चाहना राख्ने यूवा पुस्तालाई अपिल गर्ने लक्ष्य राखेको छ।

यूवा पुस्ता माझ हाम्रो एफ सिरिज सर्वाधिक लोकप्रिय सिरिजका रुपमा प्रमाणित भइसकेको छ। यही कारणले गर्दा सिरिज अन्तर्गत नयाँ उत्पादन भ्यिाउने निर्णय गरिएको हो।

एफ सिरिज अन्तर्गतको यो नयाँ उत्पादनले प्रयोगकर्ता अनुभवमा थप सुधार ल्याउँदै अझ ब्यवसायिक (नजिक) देखिने तस्विर खिच्न सघाउँछ।”, सार्वजनिक कार्यक्रममा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने।

हत्केलामै ब्यवसायिक फोटोग्राफी परफरमेन्स


सुरुवात देखि नै ओपो, मोबाइल फोटोग्राफी अनुभवमा परिस्कृतिकरणका लागि प्रयासरत छ। स्लिक प्याकेजमा उपलब्ध ओपो एफ१५मा कम्पनीले ४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम उपलब्ध गरेको छ।

फोनको मूल्य श्रेणीमा उपलब्ध उत्पादनहरु मध्य नै यसको क्यामेरा उच्च क्षमताको हुनुका साथै अल्ट्रा प्रोफेसनल शट्स दिने क्षमता राख्छ। यसमा रहेको फोर(ईन(वान पिक्सेल कम्बिनेसन प्रविधिको प्रयोगले यसको ४८एमपी रियर क्यामेरा सेन्सरको डिजाइन मार्फत विस्तृत तथा गुणस्तरिय तस्विर लिन सघाएको छ ।

यसमा रहेको वाइड एंगल मोड मार्फत प्रयोगर्ताले करिव ३ सेन्टिमिटर सम्म माक्रोको प्रयोगगर्दै सहजै अटोफोकस गर्न सक्छन् । यसर्थमा अब खानाका तस्विर अझ लोभलाग्दा, अक्षर तथा कागजातहरु अझ स्पष्ट र खिच्न सहज हुनुका साथै, फूल तथा किराहरुका तस्विर अझ सहजरुपमा थप आकर्षक तरिकाले सहजै लिन सकिनेछ ।

फोनका फ्रन्ट तथा पछिल्ला दुबै पट्टिका क्यामेरामा उपलब्ध एआई भिडियो ब्यूटिफिकेशन फिचरमा उपलब्ध गरिएको नयाँ अल्गोरिथमले हरेक अनुहारका लागि सुहाउँदो प्राकृतिक ब्यूटिफिकेसन एड्जस्टमेन्टका लागि कस्टमाइज्ड एनालाइसिसपनि उपलब्ध गराउँछ ।

आन्तरिक गायरोस्कोपका साथै ईलेक्ट्रोनिक ईमेज स्टेबलाइजेसन (ईआईएस) सुसज्जित ओपो एफ१५मा ओपोको अग्रणी एण्टि(शेक भिडियोपनि उपलब्ध गरिएको छ । शेकी (हल्लिरहेको) अवस्थामा समेत ओपो एफ१५ले स्पष्ट, शार्प र सटिक (कम्पन रहित) भिडियो खिच्न सघाउँछ । तसर्थ, तस्विर वा भिडियो मार्फत आफ्ना कथाहरु प्रस्तुत गर्न चाहनेहरुका लागि ओपो एफ१५ सटिक माध्यम हुन सक्छ ।

फोनमा कम्पनीले कम प्रकास भएका स्थानमा समेत आकर्षक पोट्रेट फोटोग्राफीको मज्जा दिने सोचका साथ नाइट प्रोटे«ट मोडपनि उपलब्ध गराएको छ। कम्पनीले उपलब्ध गराएका पछिल्ला संस्करणका तुलनामा ओपो एफ१५ रहेको नाइट पाट्रेट मोडले अध्यारा सडक, रेस्टूराँ, पार्क लगायत विशेष स्थानमा अझ सटिक पोट्रेट खिच्न सघाउँछ।

त्यसैगरी, यसमा रहेको पोट्रेट एचडीआरले प्रत्यक्ष सूर्यको प्रकाश रहेका स्थानमा पहिलेका तुलनामा अझ सटिक र गुणस्तरिय पोट्रेट लिन सघाउँछ। फरक फरक एक्स्पोजर सहितका तस्विर लिएर यसलाई ईन्टेलिजेन्ट प्रविधि मार्फत एउटैमा मिलाएर एउटा विशिस्ट फोटो प्रस्तुत गर्छ।

त्यसैगरी यसमा आवश्यकता अनुसार मिलान गर्न सकिने एड्जस्टेबल पोट्रेट बोकेह ईफेक्टपनि उपलब्ध छ। यसको सहायता मार्फत प्रयोगकर्ताले आफ्नो चाहना अनुसार ब्याकग्राउण्ड बोकेह ईफेक्ट समायोजन गर्न सक्छन्।

अत्याकर्षक स्लिक डिजाइन र उत्कृष्ट परफरमेन्स


एक हातमा राखेर मज्जाले चलाउन सकियोस् भन्ने तिर विशेष ध्यान दिएर बनाइएको ओपो एफ१५को हल्कापन हातमा बोक्ने वित्तिकै अनुभव हुन्छ। जम्मा ७.९ एमएमको पातलो आकार र १ सय ७२ ग्राम वजन भएको यसमा दिइएको डिजाइनका कारण यसको स्क्रिन रेसियो २०:९ रहेको छ। यो पछिल्लो एफ११का तुलनामा ५ प्रतिशत थप पातलो र ९ प्रतिशत हल्का हो।

यसमा प्रयोग गरिएको स्लिम डिजाइनका कारण ओपो एफ१५ सहजै खल्तीमा बोक्न सकिन्छ। यसमा रहेका चार क्यामेरामा मिनिमलिस्टिक डिजाइन अपनाइनुका साथै फ्ल्याशलाइटको स्थान छनोट क्यामेराको प्रकाशका आधारमा गरिएको छ।

क्यामेराको सतहलाई माथी उठाएर थप यसको लेन्सलाई थप सुराक्षा प्रदान गर्ने सोचका साथ यसमा डेकोरेटिभ रिङको ब्यवस्थापनि गरिएको छ । समग्रमा भन्नु पर्दा ओपो एफ१५ स्टाइलिश, अल्ट्रा पोर्टेबल र सटिक ओटीजी फोन हो।

ओपो एफ१५मा रहेको फिंगरप्रिन्ट अनलक ३.०ले उपकरणलाई मात्र ०.३२ सेकेण्डको अवधिमा अनलक गर्छ । यो पछिल्लो पुस्ताका प्रविधिका तुलनामा ४५%ले तिब्र हो । यसका लागि नयाँ प्रविधिको हार्डवेयर र सफ्टवेयर दुवै पक्षमा विशेष सुधार गरिएको छ। यसका कारण तिब्र गतिमा अनलकिङ हुनुका साथै, हार्डवेयरमा आधारित एन्टी फोर्जिङ प्रविधि मार्फत थप सुरक्षा प्राप्त हुन्छ।

८ जीबी र्‍याम र १२८जीबी रोम सुसज्जित ओपो एफ१५ले स्मूथ अनुभवका साथै पर्याप्त स्टोरेज उपलब्ध गराउँछ । भोक फ्ल्याश चार्ज ३.० सहितको ओपो एफ१५ले मात्र ५ मिनेटको समयमा १०% र ३० मिनेटमा ५०% चार्ज दिने क्षमता राख्छ । पछिल्लो भोक २.०का तुलनामा यो २६%ले तिब्र छ ।

शक्तिशाली सफ्टवेयर र हार्डवेयर


९०.७% स्क्रिन टू बडी रेसियो तथो एफएचडी+ एमोलेड २४००×१०८० रेजोल्यूशन सहितको ओपो एफ१५ले अल्ट्रा क्र्रिस्प गेमिङ तथा मनोरञ्जन अनुभव प्रदान गर्छ। फ्रेम बुस्ट र टच बुस्ट सहितको ओपो एफ१५ले स्मूथ गेमिङ अनुभव प्रदान गर्छ।

यी फिचर्सले गेम ल्याग हुनुबाट जोगाउनुका साथै टच रेस्पोन्सा सुधार ल्याएर गेमिङमा राम्रो नियन्त्रण बनाउनमा समेत सघाउँछ । यसमा रहेको गेमिङ भ्वाइस चेन्जरको सहायता खेलमा थप रमाइलो थप्ने निश्चित छ।

यसमा रहेको ईन(गेम न्वाइज क्यान्सलिङ ईफेक्ट मार्फत गेमिङ साउण्डमा थप सुधार दिँदै आवाज सुन्न र पहिचान गर्नमा सघाउँदै खेलमा उत्कृष्टता ल्याउन सघाउँछ ।

बजार  मूल्य कति ?


मूल्य रु. ३९ हजार ९ सय ९० निर्धारण गरिएको ओपो एफ१५ चैत्र १० गतेदेखि नेपाली बजारमा उपलब्ध हुनेछ । नयाँ फोन यूनिकर्ण ह्वाइट र लाईटनिङ ब्ल्याक गरि दूई आकर्षक रंग उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ।

 

रेनोथ्री र एन्को फ्रि पनि सार्वजनिक


ओपो एफ१५ सार्वजनिकका लागि ओपोद्वारा आयोजित अनलाईन लञ्च कार्यक्रम मार्फत नै कम्पनीले रेनो सिरिज अन्तर्गत नयाँ स्मार्टफोन, ओपो रेनोथ्री र ओपो एन्को फ्रि पनि सार्वजनिक गरेको छ।

ओपो रेनोथ्रीको मूल्य रु. ४६,९९० र ओपो एन्को फ्रिको मूल्य रु ९,९९० निर्धारण गरिएको छ। दुवै उत्पादन चैत्र ४ गते देखि नै बजारमा उपलब्ध हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए।

चैत्र ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू