देशभरको मौसम दिनभर कस्तो रहला?

काठमाडौँ – उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ र अधिकांश क्षेत्रमा घाम लागेको जनाइएको छ।

बुधबार दिउँसो देशको पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

देशको पश्चिमी पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् । राति भने देशभरको मौसम सामान्यतया सफा रहने छ ।

चैत ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्