
काठमाडौँ – पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन भएको छ।
८७ वर्षको उमेरमा श्रेष्ठको मंगलबार निधन भई पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको हो। श्रेष्ठ २०५४ साल असोज १ गतेदेखि ५४ साल चैत २९ सम्म नेपालका ११औँ प्रधानन्यायाधीश भएका थिए।
वि.स. १९८९ चैत ३० गते धनकुटामा जन्मिएका श्रेष्ठ २०१६ सालदेखि सरकारी सेवामा अधिकृतका रुपमा प्रवेश गरेका थिए। उनी अञ्चल न्यायाधीश, मुख्य न्यायाधीश हुँदै २०४८ साल भदौमा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए।
उनको निधनमा दुःख व्यक्त गर्दै बुधबार देशभरका अदालतमा बिदा दिने निर्णय सर्वोच्च अदालदतले गरेको मुख्य रजिष्टार नृपध्वज निरौलाले जानकारी दिए।