त्रिभूवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा तथा पठन–पाठन स्थगित

काठमाडौँ – त्रिभूवन विश्वविद्यालय अन्तर्गतका सबै शैक्षिक संस्थाको पठन–पाठन तथा परीक्षाहरु तत्कालका लागि स्थगित भएका छन् ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी स्वरुप बुधबार अध्ययन अध्यापन तथा परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार बिहीबार त्रिवि कार्यकारी परिषदको बैठक बसेर विश्वविद्यालय अन्तर्गतका सबै शैक्षिक संस्थाको पठन–पाठन तथा परीक्षाहरु शुक्रबार (चैत ७ गते) देखि लागु हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

चैत ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्