सेयर कारोबार बन्द गर्न लगानीकर्ताको माग

काठमाडौँ – धितोपत्र बोर्डसँग शेयर बजारका लगानीकर्तालले सेयर कारोबार बन्द गर्न माग गरेको छ । बिहीबार विज्ञप्ती जारी गर्दै शेयर लगानीकर्ताहरुका सेयर कारोबार बन्द गर्न माग गरेका हुन् ।

सरकारले २५ जनाभन्दा बढीलाई एकै स्थानमा भेला हुनलाई बन्देज लगाएकाले शेयर बजारको कारोबार समेत बन्द गर्नु पर्ने लगानीकर्ताहरुको भनाई छ।

यस्तै लगानीकर्ताका तर्फबाट नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, शेयर लगानीकर्ता दवाव समूहका अध्यक्ष हरि ढकाल र नेपाल पूँजीबजार संघका अध्यक्ष सरक्षणा चौधरीद्धारा हस्ताक्षरित ज्ञापनपत्र धितोपत्र बोर्डमा समेत दर्ता गराएकाको लगानीकर्ताले जनाएका छन्।

कोरोना भाइरसका कारण नेपालको पुँजी बजारमा समेत निरन्तर गिरावट आइरहेको बेला बुधबार मात्र धितोपत्र बोर्डले लगानीकर्तालाई निर्धक्क हुन एक बिज्ञप्ति मार्फत आनुरोध गरेको भोलिपल्ट नै लगानीकर्ताहरु बजार बन्द गर्न माग गर्दै बोर्ड पुगेका हुन्।

धितोपत्र बोर्ड पुगेका लगानीकर्ताहरुले बोर्ड अध्यक्ष भीष्मराज ढुंगानासँग समक्ष कोरानाको कारण तत्कालको लागि सेयर कारोबार बन्द गर्न सुझाव दिएका थिए ।

तर अध्यक्षले लगानीकर्ताको मागललाई प्रक्रियामा लैजाने र प्रक्रियाको निर्णय अनुसार नै बन्द गर्ने या नगर्ने बताए ।

उनले सो निर्णय आउन समय लाग्ने बताए । उनले भने,‘आज त निर्णय हुदैँन । कति दिन लाग्छ भन्न सकिन्न।’ उनका अनुसार बोर्डले सेयर कारोबार बन्द गर्न अर्थमन्त्रालयसँग सल्लाहा गर्नेछ।

चैत्र ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्