फुटसल पनि प्रतिबन्ध

काठमाडौँ – कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि भिडभाडलाई प्रतिबन्ध लगाउने सरकारको निर्देशनअनुसार फुटसल खेल्न र खेलाउन पनि प्रतिबन्ध लगाइएको छ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारद्धारा गठित उच्चस्तरीय समितीले २५ जनाभन्दा बढीको भिड जम्मा नहुन निर्देशन दिएको थियो।

सरकारले खेल मैदान र रंगशालालगायत क्षेत्रमा भिडभाड नगर्न निर्देशन दिएको थियो। महानगरीय प्रहरी कार्यालयले उपत्यकाका फुटसल मैदानमा खेल गतिविधी भएको निगरानी गर्न मातहतलाई निर्देशन दिएको जनाइएको छ।

 

चैत्र ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्