‘डान्सिङ विथ द स्टार नेपाल’को भोटिङ पार्टनर ‘आइएमई पे’

काठमाडौँ-‘डान्सिङ वीथ द स्टार नेपाल’ प्रमुख प्रायोजकको रुपमा आइएमई र भोटिङ्ग पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’ आवद्ध भएका छन्।

बुधबार सो सम्बन्धमा हिमालय टेलिभिजन र आइएमइबीच साझेदार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सो सम्झौतापश्चात कार्यक्रमको नाम आइएमई प्रेजेन्टस् ‘डान्सिङवीथ द स्टार नेपाल’ रहने छ।

सम्झौता अनुसार डान्सिङ वीथ द स्टारको भोटिङ्ग राउन्डमा एप मार्फत गरिने सबै भोटिङ्ग ‘आइएमई पे’ एप मार्फत हुने कम्पनीले जनाएको छ।
बीबीसी स्टुडियोको फम्र्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन बैशाखको पहिलो सातादेखि प्रसारण हुने भएको छ।

बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका बिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको बिश्वकै नम्बर एक डान्सिङ रियालिटी सोको फ्रेन्चाइजलिइ हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो।

हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुने कम्पनीले जनाएको छ।

बिश्वभर चलेको फम्र्याट अनुसार आइएमई डान्सिङ विथ द स्टारमा १२ जना बिभिन्न क्षेत्रका स्टार प्रतियोगी हुने छन भने उनीहरुलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिने कम्पनीले जनाएको छ।

उक्त रियालीटी शोमा २ जनाहोस्ट र ३ जना निर्णायक हुने छन्।दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट बाहिरिदै जाने छन्।

उक्त शोको विजेताले २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ।बेलायतबाट शुरु भएको डन्सिङ विथ द स्टार्स हाल करीब ६० देशमा बिस्तार भैसकेको छ भने अमेरिकामा २८औ सिजन चलिसकेको छ।

ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ र नेपालमा पनि यस शोले थप उचाई हासिल गर्ने आइएमईसँगै साझेदारी संस्थाहरुको विश्वास रहेको छ।

चैत्र ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्