निराश भएर घर फर्किए एसईई दिने परीक्षार्थीहरु

सिमकोट-माध्यामिक शिक्षा परीक्षा(एसइइ)को परीक्षा दिन केन्द्र रहेको क्षेत्रमा डेरा लिएर बस्दै आएका परीक्षार्थीहरु निरास भएर घर फर्कन सुरु भएको छ।

सरकारले कोरोना भाइरसको संक्रमण हुने डरले एसइई परीक्षा अन्तिम समयमा आएर स्थगित गरेपछि परीक्षाको तयारीमा रहेका बिधार्थीहरु निरास भएर घर फर्कन परेको हो।

खार्पुनाथ गाउँपालिकाको मान्धारा माविबाट अध्ययन गरेर सिमकोट गाउँपालिकाको मानसरोवर मावि केन्द्रमा एसइई परीक्षा दिने अन्तिम तयारीमा रहनु भएकी सबिना शाहीले अमिलो मन लिएर घर फर्कनु परेको बताइन्।

गाउँबाट चार घण्टा पैदल हिडेर परीक्षा अबधि भरका लागि सिमकोट भाडाको घरमा बस्ने ब्यबस्था मिलाउनु भएकी शाहीले परीक्षाको सबै तयारी भएको भएपनि अन्तिम समयमा परीक्षा स्थगित हुदा धेरै बिधार्थीहरुले घाटा सहनु परेको बताइन्। मान्धारा माविबाट २३ जना बिधार्थीहरुले परीक्षामा सहभागिता जनाउदै थिए।

नाम्खा गाउँपालिकाको महाबौद्ध माविबाट सिमकोट गाउँपालिकाको मानसरोवर माविमै परीक्षा केन्द्र भएकी पेमा खाण्डो लामा परीक्षा अनिश्चित कालका लागि स्थगित भएको कारण घर जान तयारीमा रहेकी उनले दुई दिन पैदल हिडेर सदरमुकाम आएका र अब परीक्षा स्थगित हुँदा फिर्ता जाने बताइन् । उक्त विद्यालयका बिधार्थीहरु २७ जना थिए।उनले सबै साथीको मिहिनेत खेर गएको र आर्थिक रुपमा पनि घाटा लागेको बताइन्।

शाही र लामा मात्र होइन धेरै अभिभाबक र विधार्थीहरुलाई अन्तिम समयमा आएर स्थगित भएको परीक्षा अब के होला भन्ने कौतुहलता बढेको छ।
मानसरोवर मावि केन्द्रका केन्द्राध्यक्ष अमर बहादुर शाहीले असी प्रतिशत परीक्षार्थीहरु सदरमुकाम सिमकोट बाहिरको भएकोले उनीहरु सबैलाई निक्कै पिडा भएको बताए।

उनको केन्द्रमा परीक्षा स्थगितको सुचना आउदासम्म परिक्षाको सबै तयारी पुरा भएको अबस्था थियो। परीक्षा फेरी उपयुक्त मितिमा होला भन्दै उनले सबै परीक्षार्थीहरुलाई कोरानाबाट साबधानी अपनाउन आग्रह गरेका छन्।

शिक्षा बिकास तथा समन्वय एकाई प्रमुख बिष्णु बहादुर शाहीले कोरोनाको कारण अन्तिम समयमा आएर स्थगित परीक्षा भएको प्रति क्षेमा माग्दै उनले सरकारले कम्तीमा पनि एक हप्ता अगाडी यस्तो निर्णय गर्नु पर्ने बताए।

परीक्षाकै लागि केन्द्राध्यक्ष, सुरक्षाकर्मी, अनुगमन टोली चार दिन पैदल लगाएर केन्द्रमा पुगेका थिए।उनले त्यति कै मात्रामा आर्थिक क्षेती पनि भएको बताए। तर पनि विशेष परिस्थितिको कारण सरकारले गरेको निर्णय भएको कारण यो निर्णय मान्नै पर्ने हुन्छ।हुम्ला जिल्लामा २९ वटा माविबाट छ वटा परिक्षा केन्द्रमा एक हजार ३७ जना परीक्षार्थीहरुले परीक्षामा सहभागिता जनाउदै थिए।

चैत्र ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू