कोरोना प्रभाव: प्रदेश–२ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

जनपुरधाम– प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

विश्वभर महामारीको रुपम फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई ध्यान दिँदै प्रदेशसभा बैठकसमेत स्थगित गरिएको हो।

बिहीबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज यादवले बैठक अनिश्चित कालको लागि स्थगित भएको जानकारी दिएका थिए।

यसअघि बुधबार संघीय सरकारले एसइई लगायतका परिक्षा स्थगित गर्नुका साथै सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नहुने निर्णय गरेको थियो।

संघीय सरकारको सोही निर्णय अनुसार प्रदेशसभा बैठक स्थगित गरिएको सभामुख यादवले बताए।

चैत्र ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्