६.२ म्याग्निच्युडको भूकम्प, तिब्बत केन्द्रविन्दु

काठमाडौँ – चीनको तिब्बत केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर १८ मिनेटमा ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

काठमाडौँसहितका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।

भूकम्पले हल्लाएपछि मानिसहरुले सामाजिक सञ्जालमार्फत धक्का महसुस गरेको बताएका छन् ।

चैत्र ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्