काठमाडौँ – कोरोना भाइरसकाे त्रासले काठमाडौँ उपत्यका छाड्नेहरुको लर्काे लागेको छ । सरकारले बुधबार कोरोनासँग जुध्न शैक्षिक संस्था बन्द गर्नेसहितका विभिन्न निर्णय लिएपछि काठमाडौँ छाडेर गृहक्षेत्र फर्कनेहरुको घुइँचो लागेको हो ।

कोरोना भाइसकाे संक्रमण फैलिन नदिनका लागि भन्दै सरकारले शैक्षिक संस्थाहरु चैत मसान्तसम्मका लागि बन्द गरेको छ । शैक्षिक संस्था बन्द भएपछि अध्ययनका लागि काठमाडौँमा रहेका विद्यार्थीहरु गाउँघर फर्कन थालेका हुन् ।

घर फर्कनका लागि झोला बोकेर बसपार्क पुगेका प्राय सबै यात्रुहरुले कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै मास्क लगाएका देखिन्छन् ।

शुक्रबार बिहान काठमाडौँ बसपार्कमा देखिएको दृष्य देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले आफ्नो क्यामेरामा कैद गरेका छन् ।