सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ–सुनको मूल्य घटबढ हुने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार बढेको छ ।

बिहीबार ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेर ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलामा ७४ हजार सात सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चैत्र ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्