हेल्थ टिप्स

जथाभावी अनुहार नछुन चिकित्सकको चेतावनी किन?

जथाभावी अनुहार नछुन चिकित्सकको चेतावनी किन?
+
-

काठमाडौँ– विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि चिकित्सकले विभिन्न उपाय अपनाउन सुझाइरहेका छन्।

बेला–बेलामा साबुनपानीले हात धोइरहने, खोक्दा वा हाच्छ्यूँ गर्दा कुइनोले छोप्ने, हात नधोई वा सेनेटाइजरले सफा नगरी आँखा, नाम, मुख नछुने जस्ता उपाय अपनाउँदा संक्रमणको जोखिम कम हुने चिकित्सकले बताएका छन्।

जानेर वा नजानेर मानिसहरुले यस्ता कुरालाई बेवास्ता गरिरहेका हुन्छन्। सामान्यताया मानिसलाई तनाव हुँदा हस् वा खुशी हुँदा उनीहरु आफ्नो अनुहार छोइरहेका हुन्छन्।

तनाव वा खुशीमा मात्र नभएर थाहै नपाई मानिस नाक, मुख र आँखा छोइरहेका हुन्छन्। पटक–पटक अनुहार छोइरहने बानीका कारण मानिसहरु आफैलाई विभिन्न रोगबाट संक्रमित बनाइरहेका हुन्छन्।

वरिपरि राखिएका चिजहरु जथाभावी छुँदा वा कुनै मानिसलाई छोइरहँदा हातमा विभिन्न ब्याक्टेरिया र भाइरसहरु बसिरहेका हुन सक्छन्, सफा नगरी त्यही हातले जथाभावी अनुहार छुने जस्ता व्यवहारले मानिसलाई विभिन्न प्रकारका रोग लाग्ने गर्छ ।

भाइरस र ब्याक्टेरिया शरीर भित्र प्रवेश गर्न सक्ने मुख्य मार्ग भनेकै आँखा, नाक, र मुख रहेको चिकित्सकले बताएका छन्।

यही कारण विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि अनुहार छुन नहुने चेतावनी दिइएको छ।

अष्ट्रेलियामा गरिएको एक अध्ययनका अनुसार एक घण्टाको अबधिमा २३ पटक अनुहार छुने गरेको पाइएको थियो। अनुहार नछोई बस्न कतिको सम्भव छ त? के भन्छन्, चिकित्सक? यो भिडियोमो हेरौँ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’