माेटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, बाबुछोरा घाइते

सांकेतिक तस्बिर

काठमाडौँ– बझाङमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दुर्घटनामा नेपाल तरुण दल बझाङका अध्यक्ष विष्ण ऐडीकी श्रीमती उजेली ऐडीको मृत्यु भएको हो। साथै दुर्घटनामा विष्णु र उनका तीन वर्षीय छोरा घाइते भएका छन्।

कैलालीको धनगढीबाट बझाङ जाँदै गरेको अवस्थामा ऐडीले चलाएको भे ९ प ६७८१ नम्बरकाे मोटरसाइकल बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ खोलागाडमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते विष्णु र उनका छोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना बिहीबार भएकाे हाे।

चैत्र ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्