साबुन र मास्क वितरण गरेर कोरोनाबारे सचेतना

दाङ– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन दाङका विभिन्न गाउँमा कोरोना सम्बन्धी सचेतना कार्यक्रमहरु गरिएको छ।

पतञ्जली योग समिति लमहीले शुक्रबार लमही नगरपालिका वडा नं. १ शितलापुरमा सचेतनासँगै माक्स, साबुन र लहरे गुर्जाे वितरण गरेको छ।

‘व्यक्तिगत सरसफाईमा बढी ध्यान दिनुपर्छ’, जिल्ला महिला पतञ्जली योग समितिका उपाध्यक्ष सहना श्रेष्ठले भनिन्, ‘हामीले भिडभाडमा जाँदा मास्क लगाउनु पर्छ।’

उनले भनिन्, ‘सरसफाईको लागी नियमित साबुन पानीले हात धुनुपर्छ भनेर साबुन पनि दियौँ। रोग प्रतिरोधात्मक क्षमता बढाउन योग, व्यायामसँगै लहरे गुर्जाेको रस खाँदा फाइदा हुन्छ भनेर त्यो पनि सिकाएका छौँ।’

लमही नगरपालिकाकी कार्यवहाक नगर प्रमुख देवका बेल्वासेले कोरोना भाइरसको त्रासभन्दा पनि सावधानीतर्फ ध्यान दिन आग्रह गरेकी छन्।

शितलापुरका नागरिकलाई साबुन, माक्स र लहरे गुर्जाे वितरण गरेको पतञ्जली योग समिति लमहीका अध्यक्ष भेषराज भट्टराईले जानकारी दिए।

चैत ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्