कनेक्ट आइपिएसको सबै भुक्तानी चैत मसान्तसम्‍म मिनाहा

काठमाडौं- नेपाल क्लियरिङ हाउसले कनेक्ट आइपिएस इ-पेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत्र मसान्त सम्मका लागि मिनाहा गर्ने व्यवस्था गरेको छ।

शुक्रबार बैंक तथा वित्तिय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उदेश्यका साथ नेपाल क्लियरिङ्ग हाउसले भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत्र मसान्त सम्मका लागि मिनाहा गर्ने भएको हो।

मोबाईल एप्स, वेव, सदस्य बैंकको इन्टर्नेट-मोबाईल बैंकिङ च्यानल तथा ‘एनडाएरेक्ट तथा तेक्निकल सदस्यको च्यानल लगायतबाट कनेक्ट आइपिएस इ–पेमेन्ट प्रभाणली मार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने व्यहोरा कम्पनीले जनाएको छ।

बैंक वित्तिय संस्थाहरुमा भीडभाडबाट टाढा रहनु पर्ने र वित्तिय कारोबार पनि सहज ढङले सन्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले सर्वसाधारणले अनलाईन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने अपेक्षा लिएको छ।

कनेक्ट आइपिएस इ-पेमेन्ट प्रभाणलीमा एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायतका विभिन्न भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

उक्त वेबबाट १० लाख रुपैयाँ र मोबाईल एप्सबाट १ लाख रुपैयाँसम्मको प्रति कारोबार रियल टाइममा गर्न सकिने कम्पनीले जनाएको छ।

चैत्र ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्