स्रोत नखुलेको साढे ४ लाखसहित एक भारतीय पक्राउ

पर्सा- स्रोत नखुलेको करिब साढे ४ लाख अवैध रकमसहित एक भारतीय बिरगञ्जबाट पक्राउ परेका छन्।

स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला रक्सौल वडा नम्बर १४ बस्ने बर्ष २४ को बब्लु राज रहेका छन्।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले बब्लुलाई बिआर ०५ यु ३९७८ नम्बरको मोटरसाईल चलाएर आउदै गरेको अवस्थामा बिरगञ्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वाबाट पक्राउ गरेको हो।

पक्राउ उनको साथबाट प्रहरीले स्रोत नखुलेको अबैध ४ लाख ४५ हजार ८ सय ३५ रुपैया बरामद गरेको छ।

स्रोत नखुलेको अबैध रकमसहित पक्राउ परेका बब्लुलाई वैंक तथा वितिय सम्बन्धी ऐन अन्तर्गतको कसुर मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

चैत ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्