बुद्ध गुम्बा बनाउन मनकामना दर्शन प्रालिको दुई लाख सहयोग

काठमाडौँ-गोरखा नगरपालिका सतिपिपलमा निर्माण भइरहेको बुद्ध गुम्बाको लागि मनकामना दर्शन प्रालिले दुई लाख आर्थिक सहयोग गरेको छ।

नेपालकै पहिलो केबुलकारका संस्थापक स्व.लक्ष्मणबाबु श्रेष्ठको सम्झनामा उनका कान्छो भाई भरतबाबु श्रेष्ठको उपस्थितिमा मनकामना दर्शन प्रा.लि. का निर्देशक राजेशबाबु श्रेष्ठद्धारा उक्त रकम एक कार्यक्रमकाबीच गोरखाबौद्ध समूहका अध्यक्ष विष्णु बहादुर थापा मगरलाई हस्तान्तरण गरेका हुन्।

चैत्र ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्