कोरोना भाइरसबारे १० भ्रम र यथार्थ l Myths and Facts about Corona Virus l WHO

कोरोना भाइरसबारे १० भ्रम र यथार्थ l Myths and Facts about Corona Virus l WHO

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका अधिकांश देशमा फैलिएको छ । यसले गर्दा धेरै देश तथा शहरहरु ‘लक डाउन’ भएका छन् । नेपालमा पनि कोरोनाको संक्रमण फैलिन नदिने प्रयास स्वरुप सार्वजनिक कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको छ । २५ जना भन्दा बढी भेला हुन नपाउने नियम सरकारले लागु गरेको छ । स्कूल–कलेजहरु बन्द गरिएका छन् । परीक्षाहरु स्थगित भएका छन् । तर कोरोना भाइरसलाई लिएर विभिन्न भ्रमहरु पनि फैलिरहेका छन् । हामी तपाईलाई कोरोना भाइरसका बारेमा रहेका केही भ्रम र यथार्थको बारेमा विश्व स्वास्थ्य संगठनले तयार पारेको सामग्रीका बारेमा जानकारी दिँदैछौँ।