काठमाडौँ – देशको पहाडी भूभागमा शनिबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भूभागका थोरै स्थानहरूमा र तराईका केही स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छ ।

शनिबार राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ । देशको पूर्वी र मध्य भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

चैत ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्