एडवान्स पेमेन्टसहित मनिष पलले दिए कर्मचारीलाई छुट्टी

बलिउड अभिनेता मनिष पलले आफ्ना सबै कर्मचारीलाई एडवान्स पेमेन्टसहित बिदा दिएका छन् । कोरोना भाइरसकाे त्रासकाबीच मनिषले मेकअप आर्टिस्ट, हेयर स्टाइलिस्ट र अफिस ब्वाइज लगायत कर्मचारीलाई ३१ मार्चसम्म छुट्टी दिएका छन् ।

उनले कोरोनाबाट सावधानी अपनाउनुका साथसाथै कर्मचारीलाई आर्थिक समस्या नहोस् भनेर एडवास्न पेमेन्टसहित ३१ मार्चसम्म छुट्टी दिएको बताए ।

उनले कोरोनाबाट सावधानी अपनाउन मास्क, सेनिटाइजर, खाद्यान्न, हेन्डवास लगायतका सामाग्री पनि कर्मचारीलाई दिएका छन् ।

चैत्र ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्