बलिउडकी गायिका कनिका कपूरलाई घोर लापरवाही गरेको भन्दै उजुरी

बलिउडकी चर्चित नायिका कनिका कपूरलाई सयौँ मानिसलाई कोरोना भाइरसको संक्रमण गराएको भन्दै शुक्रबार लखनाउमा एफआइआर दर्ता गरिएको छ। कनिकाको विरुद्धमा आफूलाई कारोना संक्रमण भएको कुरा लुकाएको आरोपमा मुद्धा दर्ता गरिएको हो।

उत्तर प्रदेशमा यतिबेला महामारी कानून धारा १८८ लागू भईरहेको छ। जानि जानि लापरवाही गरेर कुनै अन्य व्यक्तिको जीवनमा खतरा पु¥याउनेलाई यो कानुन लाग्य यस्तो लापरवाहीलाई अपराध मानिन्छ। यस्तो अवस्थामा ६ महिना या त्यो भन्दा धेरै सजाय हुन सक्छ।

कनिकालाई जानीजानी संक्रमण फैलाएको आरोप लागेको छ। कनिकालाई लगाइएको २७० धाराले दुई वर्षसम्मको सजायको व्यवस्था छ।

लखनाउको राज्य सरकाले कनिका सहभागी भएको तीन पार्टीमा उपस्थित सबै व्यक्तिको पहिचान गरी जाँच गर्न र आइसोलेसनमा राख्न निर्देशन दिएको छ।

शुक्रबार बिहान बलिउड गयिका कनिका कपूरलाई किंग जर्ज मेडिकल यूनिभर्सिटीमा जाँचपछि भाइरस संक्रमण भएको पुष्टि भएको थियो। यो खबरले दिल्लीमा खलबली मच्चिएको छ। कोरोना संक्रमण भएका केही मन्त्री, अफिसर आफै क्वारेनटाइनमा छन्।

कनिका कपूर लण्डन गएकी थिइन्, मार्चमा उनी लखनाउ फर्किएकी हुन्। उनले स्वदेश फर्किएपछि सरकारले जारी गरेको एडवाजरीलाई उल्लङ्घन गरिन्।

कनिका विदेशबाट भारत फर्केपछि १० दिनसम्म पार्टी गरिरहिन्। उनले राज्यका सांसद, विधायक, मन्त्रीहरु जस्ता हाइ प्रोफाइलहरु थिए। त्यसैले उनलाई संक्रमण भएको आशंका छ।

चैत्र ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्