हुम्लाको खार्पुनाथ गाउँपालिकामा स्वास्थ्य चौकी शनिबार पनि खुला

सिमकोट– हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेका सबै स्वास्थ्य चौकी शनिबार पनि खुलेका छन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को त्रास बढ्दै गएपछि सर्वसाधारणहरुलाई सेवा प्रदान गर्नका साथै संक्रमणबाट बच्नका लागि अभिमुखिकरण गर्न गाउँपालिकाले स्वास्थ्य चौकीहरु खुला राखेको हो।

सर्वसाधारणलाई उपचार गर्न सहज होस् भन्नका लागि अबदेखि शनिबार पनि स्वास्थ्य चौकी खुला हुने खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीले जानकारी दिए।

उनले ड्यूटी अनुसार स्वास्थ्यकर्मीहरुलाई अनिवार्य उपस्थितिको व्यवस्था मिलाइएको बताए। पछि आउन सक्ने समस्यालाई ध्यानदिएर यस्तो उपाय अवलम्बन गरिएको उनको भनाइ छ।

गाउँपालिकामा चार वटा स्वास्थ्य चौकी र एउटा वटा अस्पताल छ।

चैत्र ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्