फाेटाे फिचर

कोरोना त्रासबीच ठमेलमा चहलपहल (तस्बिर/भिडियाे)

कोरोना त्रासबीच ठमेलमा चहलपहल (तस्बिर/भिडियाे)

सबै तस्बिर: बर्षा शाह/देश सञ्चार।

काठमाडौँ– कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी महामारीको रुपमा फैलिएपछि यसको प्रकोपबाट जोगिन संसारभर विभिन्न सावधानीहरु अपनाइएका छन्।

नेपालमा पनि कोरोनाको संक्रमण फैलन नदिन सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन सर्वसाधारणलाई अपिल गरेको छ।

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई)लगायतका परीक्षाहरु स्थगित गर्नुका साथै सबै शैक्षिक संस्थामा पठनपाठन बन्द गराएको छ। यस्तै सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नहुने सरकारको निर्णय छ।

सरकारले चैत १० गतेदेखि लामो दूरीमा चल्ने बस सेवा समेत बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।

सरकारले कोरोना भाइरसबाट बच्न सार्वजनिक स्थलमा धेरै भिडभाड नगर्न निर्देशन दिए पनि ठमेलमा त्यसकाे धेरै असर देखिएकाे छैन।

सामान्यतया शनिबार भिडभाड कम रहने ठमेल क्षेत्रमा अधिकांश पसल खुलेका छन्।

ठमेलमा सर्वसाधारण तथा पयर्टकहरुको चहलपहलसमेत देखिएको छ।

भिडियाे:

सरकारले चैत ९ गतेदेखि अत्यावश्यक बाहेक सबै कार्यालय तथा पसलहरु बन्द गर्ने घोषण गरेको छ।

ठमेलका व्यापारीहरु पनि भोलिदेखि मात्रै पसलहरु बन्द गर्ने बताउँछन्। व्यापार नभएपनि आफूहरुले पसल खोलेको उनीहरुको भनाइ छ।

कोराेना भाइरसकाे त्रास बढेपछि व्यापार ठप्प भएकाे व्यापारीहरुकाे भनाइ छ।

तस्बिरमा हेर्नुहाेस् ठमेल:

चैत्र ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्