हुम्लाका गाउँमा कोरोना भाइरसबारे सचेतना

सिमकोट– कोरोना भाइरस (कोभिड–१९)को त्रास बढ्दै गएपछि स्वास्थ्यकर्मीहरुले गाउँगाउँमा पुगेर कोरोना भाइरसको बारेमा सचेतना फैलाउन सुरु गरेका छन्।

जिल्ला अस्पताल हुम्ला र सिमकोट गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले यतिखेर सिमकोट गाउँपालिकाको वडा नम्बर ८ को स्याँडा गाउँबाट कोरोना भाइरसबारे सर्वसाधारणलाई जानकारी दिन थालेका हुन्।

सचेतना कार्यक्रम गाउँगाउँ पुगेर जारी राख्ने जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन्।

स्वास्थ्यकर्मीहरुले भोलिका दिनमा कोरोनाबाट संक्रमित हुन सक्ने जोखिमलाई ध्यान दिँदै यसका लक्षण, यसबाट बच्ने उपायका बारेमा पनि जानकारी दिन थालिएको बोहोराले बताइन्।

कसैलाई कोरोनाको शंका लागेमा नजिकको स्वास्थ्य चौकीमा पुग्न स्वास्थ्यकर्मीहरुले सर्वसाधारणलाई आग्रह गरेका छन्।

चैत्र ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू