हुम्लाको खार्पुनाथ–३ का वडा सदस्य रावलको निधन

सिमकोट– हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर–३ का वडा सदस्य सुत्तबहादुर रावलको निधन भएको छ।

दुई वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित रावलको शुक्रबार राति आफ्नै निवासमा निधन भएको हो। नेपालगञ्जमा उपचार गराइरहेका रावल दुई दिनअघि मात्रै हुम्ला फर्किएका थिए।

घाँटीको क्यान्सर अन्तिम अवस्थामा पुगेका रावललाई चिकित्सककै सल्लाहमा परिवारका सदस्यहरुले नेपालगञ्जबाट हुम्ला ल्याएका थिए।

यसअघि चितवनको भरतपुर क्यान्सर अस्पतालमा पनि उनको उपचार गरिएको थियो।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा रावल नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए।

मृतक रावलको पार्थिकमा कांग्रेसका जिल्ला उपसभापति कैलाश भण्डारीले नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए।

चैत ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्