विशेष अन्तर्राष्ट्रिय उडानहरुमा भने रोकावट नहुने

नेपाल सरकारले चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको भोलिपल्टै शनिबार उद्धारलगायत केही विशेष उडानहरुमा भने कुनै रोकावट नभएको जानकारी दिएको छ।

नागरिक उड्डयन कार्यालयहरुले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवाहरुलाई शनिबार पठाएको पत्रमा यात्रु बाहिर लैजान, मालबाहक जहाज, उद्धार र हवाइ एम्बुलेन्सजस्ता विशेष संकटकालीन अवस्थामा भने उडान प्रभावित नहुने जानकारी दिएको छ।

जनस्वास्थ्य र कोभिड १९ को अवस्थालाई ध्यानमा राख्दै सरकारले यो निर्णय गरेको हो।

चैत्र ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्