रियल मड्रिडका पूर्व अध्यक्षको कोरोना भाइरसका कारण मृत्यु

स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसका कारण निधन भएको छ। कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका रियल मड्रिडका पूर्व अध्यक्ष ७६ वर्षका सान्जको शनिबार निधन भएको हो ।

उनी सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष थिए । सो अवधिमा रियल मड्रिडले दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो ।

सान्जको निधनबारे उनका छोरा लोरेन्जो सान्ज दुरानले ट्वीट गरेर जानकारी दिएका हुन् । सन् २००० मा उनी अध्यक्षका लागि भएको चुनावमा फ्लोरेन्टिनो पेरेजसँग पराजित भएका थिए ।

सान्जका छोरा फेर्नान्डोले (४६) सन् १९९६ देखि १९९९ सम्म रियल मड्रिडबाट खेलेका थिए । त्यसपछि उनी सात वर्ष मालागाबाट खेले ।

चैत्र ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्