एक महिना स्माटर मोवाइल लर्निङ एप्स निःशुल्क

काठमाडौँ – मोवाइल एप्समार्फत विद्यार्थीको सिकाईमा कार्य गरिरहेको म्याक्स कनेक्टले स्माटर मोवाइल लर्निङ एप्स एक महिनाको लागि निशुःल्क दिने भएको छ । कनेक्टले कक्षा ४ देखी कक्षा ९ सम्मको गणित र विज्ञान विषय निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएको हो ।

संसारभर महामारीको रुपमा फैलिरहेको कारोना भाइरस (कोभिड १९) को जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले सम्पूर्ण विद्यालयहरु विदा दिएको समयमा विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव होस् भन्ने उदेश्यले मोवाइल लर्निङ एप्स निःशुल्क प्रदान गरिएको म्याक्स कनेक्टका निर्देशक जित राघबले जनाएका छन् ।

पाठ्यक्रम विकास केन्द्रकै पाठ्यक्रम अनुसार तयार गरिएको भिडियोमार्फत सिकाइने राघवको भनाई छ । मोवाइल लर्निङ एप्सका भिडियोहरु युट्युवमा नपाईने र वार्षिक ५ हजार पर्ने भिडियो निःशुल्क उपलब्ध गराइएको राघवले बताएका छन् ।

म्याक्स कनेक्टका अनुसार http://smaterr.com/AddSchoolinfo.aspx लिंकमार्फत अनलाइन फाराम भरी लर्निङ एप्सका भिडियोहरु प्रयोग गर्न सकिने जनाएको छ ।

चैत्र ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्