रोबर्ट लेवान्डोस्कीले कोरोना विरुद्धको अभियानका लागि गरे १० लाख युरो सहयोग

जर्मन बुण्डेसलिगा फुटबल क्लब बार्यन म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की र उनकी श्रीमती एनाले कोरोना भाइरसविरुद्धको अभियानका लागि १० लाख युरो सहयोग गरेका छन् ।

बार्यन म्युनिखका खेलाडीहरु लियोन गोरेट्ज्का र जोसुआ किमिचले पनि कोरोना भाइरसको महामारीविरुद्ध ‘वी किक कोरोना’ नामक अभियान सुरु गरेका छन् ।

दुई खेलाडीले पनि संयुक्त रुपमा १० लाख युरो सहयोग गरेका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटीका वेङ्गर लिरोय सानेले पनि कोरोना विरुद्धको अभियानका लागि आर्थिक सहयोग गरेका छन् ।

लेवान्डोस्कीले फुटबल टिममा खेलिए जस्तै कोरोना विरुद्धको अभियान पनि एकीकृत प्रयास चाहिएको बताएका छन् ।

चैत्र ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्