फाेटो फिचर

निगमले ग्यास बाँड्न खडा गरेका डिपोको हाल

निगमले ग्यास बाँड्न खडा गरेका डिपोको हाल

ग्यास भर्नका लागि लाइनमा राखिएका खाली सिलिन्डरको बिचमा पर्खिबसेका छन् । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – नेपाल आयल निमगले आइतबारदेखि काठमाडौँका विभिन्न स्थानमा खाना पकाउने ग्यासका अतिरिक्त डिपोहरुबाट ग्यास वितरण सुरु गरेको छ ।

एलपी ग्यास उद्योगसँगको सहकार्यमा निगमले निम्न तथा मध्यम वर्गका उपभोक्तालाई राहत दिन भन्दै अतिरिक्त डिपो सञ्चालन गरेको हो । उच्च तथा उच्च मध्यम वर्गका उपभोक्ताले कोरोना भाइरसको जोखिम बढेको भन्दै ठूलो संख्यामा ग्यास सञ्चित गर्दा बजारमा अभाव सिर्जना भएको निगमले जनाएको छ ।

आइतबार बेलुका पाँच बजेसम्म विभिन्न कम्पनीका ग्यास सिलिन्डरहरु वितरण गरिने भएपछि उपभोक्ताको लाइन लागेको छ । दोब्बर परिमाणमा ग्यासको आपूर्ति गरेको निगमले जनाएको छ ।

भिडियाे:

साबिकका डिपो, डिलर र बिक्री केन्द्र यथावत राखी अत्यावश्यक परेकाहरुलाई राहत दिनका लागि नयाँ बिक्री केन्द्रहरु तोकिएको निगमको भनाई छ ।

तोकिएका केन्द्रबाट उपभोक्ताले खाली सिलिन्डर लगेर तत्काल भरिएको नयाँ सिलिन्डर लैजान सक्ने जनाइएको छ । उपत्यकामा ग्यास वितरण गर्ने उद्योगका लागि भनेर ३८ बुलेट ग्यास शनिबार ल्याइएको निगमले जनाएको छ ।

चैत्र ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू