कनिका कपूर अब अस्पतालको लागि टाउको दुखाईको विषय

लखनाउमा कनिका कपूरको कारणले कोरोना भाइरसको संक्रमण बढ्ने खतरात्मक स्थिति पैदा भयो। उनकै कारणले लखनाउ शहरमा मात्र हैन पूरै राज्यमा हलचल मच्चिइसकेको छ। त्यही कनिका कपूर अब त्यही अस्पतालको लागि पनि चिन्ताको विषय बनेकी छन् ।

कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएपछि कनिका कपूरलाई शुक्रबार लखनाउको संजय गान्धी पीजीआई अस्पतालमा भर्ना गरिएको थियो तर एक दिन पछि स्थिती यस्तो भयो की अस्पताललाई प्रेस विज्ञप्ति नै जारी गर्नुपर्‍यो। विज्ञप्तीमा उनलाई सहयोगको अपिल गरिएको थियो।

एसजीपीजीआई अस्पतालको तर्फबाट जारी प्रेस विज्ञप्तीमा भनिएको छ कि कनिकालाई हरेक तरिकाले सेवा र सुविधा दिइएको छ। त्यसको बाजजूद पनि उनी एक बिरामी भन्दा पनि स्टार जसरी पेश आइरहेकी छन्।

‘हामी अस्पताले सक्ने सुविधा उनलाई उपलब्ध गराएको छ। उनलाई एरकन्डिशन भएको कोठामा राखिएको छ जहाँ अट्याच ट्वाइलेट छ। सरसफाईको हर समय ध्यान राखिएको छ। उनको कोठामा टेलिभिजन पनि राखिएको छ।’ पीजिआईका निर्देशक प्रोफेसर आरके धिमानले विविसीलाई भने, ‘पहिला उनले भनिन्, घरको खाना खान्छु। यो कुरा यो उपचारमा संभव छैन।

उनको माग अनुसार यहाँ उनलाई ग्लूटन फ्रि फूड दिइरहेको छ जो भान्छामा अलग तरिकाले तयार गरिन्छ। उनलाई अगाडि पनि यसरी नै उपचार गरिन्छ। उनलाई पनि यो कुरा सोच्नु पर्छ की उनी अस्पतालमा एक बिरामी हुन्, स्टार हैनन्।’

वास्तवमा कनिका कपूरले एक समाचार वेवसाइटसँग कुरा गर्दै अस्पतालले आफूलाई अपराधी जस्तो व्यवहार गरेको भनेर अस्पताललाई आरोप लगाएकी थिइन्। उनको अनुसार जुन कोठामा उनलाई राखिएको थियो त्यो कोठा फोहोर छ र त्यहाँ लामखुट्टे आउँछ। उनले अस्पताललाई सरसफाईको माग गर्दा चिकित्सकले ‘यो अस्पताल हो, फाइभ स्टार होटल होइन ।’ भनेको आरोप लगाएकी थिइन्।
यो विषयमा कनिकाको परिवारका सदस्यसँग पनि कुराकानी गर्ने कोशिश गरिएको थियो तर संभव भएन। तर कनिकाको यो प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो।

अस्पतालले प्रेस विज्ञप्ती जारी गरी स्पष्टिकरण दिन खोज्नुको कारण यसलाई पनि मानिएको छ। अस्पतालका एक वरिष्ट चिकित्सकले नाम नभन्ने सर्तमा भनेका छन्, ‘कनिकालाई विशेष सुविधा दिनको लागि भिआइपीहरुले अस्पताल र चिकित्सकलाई अनावश्यक दवाब दिइरहेका छन्।

के थियो विषय ?

बलिउडकी गायिका कनिका कपूर शुक्रबार एकाएक चर्चामा आइन्, उनी कोरोना भाइरस संक्रमित भएको पत्ता लागेको थियो। यो भन्दा अगाडि कनिका लखनउ, कानपुर जस्ता ठाउँमा भएको धेरै कार्यक्रममा सहभागी भइसकेकी थिइन्।

लखनउमा भएको एउटा पार्टीमा राजस्थानकी पूर्व मुख्यमन्त्री वसुन्धरा राजे र उनको सांसद छोरा दुष्यंत सिंह, यूपिका स्वास्थ्य मन्त्री जय प्रताप सिंह जस्ता विशिष्ट व्यक्तिहरु पनि सहभागी थिए।

कनिकालाई कोरोना पोजिटिभ भएको खबर सार्वजनिक हुने बित्तिकै लखनउमा यो खबरले तहल्का मच्चायो। किनभने जो मानिसहरुसँग कनिका सम्पर्कमा थिइन्, उनीहरु अन्य सार्वजनिक कार्यक्रममा पनि सहभागी भइसकेका थिए।

लापरवाही गर्ने र जानकारी लुकाएको आरोपमा शुक्रबार राती नै कनिकाको विरुद्धमा आफआईआर दर्ज भईसकेको छ।

लखनाउको प्रहरी आयुक्त सुजीत पांडेका अनुसार सरोजनी नगर प्रहरी चैकीमा कनिकाको विरुद्धमा आइपिसीको धारा २६९ (खतरनाक बिमारीको संक्रमण फैलाउने) सहित दुई अन्य धारालाई टेकेर मुद्दा दर्ता भएको हो। यो मुद्दा लखनउका मुख्य चिकित्सा अधिकारीको गुनासोका आधारमा दर्ता भएको हो।

यद्यपी कनिकाले सामाजिक सञ्जालमा यस विषमा सफाई दिँदै भनेकी छन्, ‘एयरपोर्ट मा नियमित प्रक्रिया पूरा गरेर आएकी थिए, जब बिरामी भएको लक्षण देखियो तब आफैले परिक्षण गरे र परिवारलाई पनि आइसोलेशनमा राखे।

यही विषयमा सार्वजनिक भएपछि लखनाउमा धेरै ठाउँका बजार, कार्यलयलाई २३ मार्चसम्मको लागि बन्द गरिएको छ। यो बाहेक सबै रेष्टुरेन्ट, ढावा र क्याफेपनि मार्च ३१ सम्मको लागि बन्द गरिएको छ।

चैत्र ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू