कैलालीमा विस्फोट, एक जनाको मृत्यु

धनगढी– कैलालीको गोदावरीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार गोदावरी नगरपालिका ४ को फुलबस्तीमा भएको विस्फोटमा स्थानीय नरबहादुर विकको मृत्यु भएको हो।

विकले घर नजिकै भेटेको फलाम जस्तो बस्तुलाई चलाउन खोज्दा पट्कीएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले बताए।

उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए।

चैत्र ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्